२०८२ माघ ७ गते बुधवार

रुकुमपूर्वमा बन्दुकसहित तिन जना पक्राउ


रुकुमपूर्व । रुकुमपूर्व भरुवा बन्दुकसहित ३ जना पक्राउ परेका छन् । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–८ बाट भरूवा बन्दुक २ थान र सोही बन्दुकमा प्रयोग हुने बारूद सहित ३ जनालाई आइतबार राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–८ खराङ बस्ने ३० वर्षीय शेरबहादुर थापा, ४३ वर्षीय यमप्रसाद पुन र ४८ वर्षीय कृष्णबहादुर मल्ल रहेका छन् ।

शेरबहादुरको गोठ खानतलासी गर्दा उक्त हातहतियार फेला पारी उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस