२०८२ माघ ७ गते बुधवार

रवि लामिछाने आज छुट्दै

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्थात् आज रिहा हुनुहुने भएको छ ।

ललितपुरस्थित नख्खु कारागारमा रहेका लामिछाने जिल्ला अदालत रुपन्देहीबाट कागजात लिएपछि मात्रै छुट्ने हुनुभएको हो ।

रवि छुट्न लागेको भन्दै बिहीबार नख्खु कारागार परिसरमा ठूलो संख्याको भीड लागेको थियो ।

पूर्जी लिन शुक्रबार रवि आज भैरहवा पुगेपछि औपचारिक रुपमा रिहा हुनुहुनेछ । उहाँलाई दुई करोड ६८ लाख रुपैयाँ धरौटी राखेर थुनामुक्त गर्न उच्च अदालतले आदेश दिएको हो ।

उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले बुझाइएको धरौटी रकम स्वीकार्दै लामिछानेलाई रिहाइ गर्न आदेश दिएकाले अब भैरहवा पुग्नुपर्ने भएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस