२०८३ बैशाख १९ गते शनिवार

अकोराबको विज्ञ सदस्यमा भण्डारी मनोनित


दाङ । दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा रेडियो हाम्रो पहुँच संचालन उप–समितिका संयोजक शुक्रराज भण्डारी सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को विज्ञ सदस्यमा मनोनित हुनुभएको छ ।

चितवनको सौराहामा सुरु भएको सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १९ औं साधारणसभामा भण्डारी अकोराबको बैठकबाट विज्ञ सदस्यमा मनोनित हुनुभएको हो ।

बैठकले सामुदायिक रेडियोको नीति तथा कार्यक्रम निर्माणमा सहयोग पुग्ने उद्देश्यले भण्डारीलाई विज्ञ सदस्यमा मनोनयन गरेको जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस