दाङ । रोल्पामा अवैध बालुवा सहित ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
रोल्पा लुङ्ग्री गाउँपालिका–१ पाङ बस्ने २२ वर्र्षका हेमन थापा मगरले चलाएकोे ग १ त ४९०६ नम्बरको ट्याक्टरले रोयल्टी नकाटि अबैध रुपमा बालुवा लोड गरि ल्याएको ट्याक्टरलाई नियन्त्रणमा लिएको रोल्पा प्रहरीले जनाएको छ ।
हिजो आइतबार राति सवा ८ बजेतिर रोल्पा सुनिलस्मृति गाँउपालिका–२ खुंग्री स्थित प्रहरी चेक पोष्टमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा प्रहरीले ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।
उक्त ट्याक्टरलाई आज सोमबार दिउँसो १ बजेतिर पाँच हजार रुपैंया जरिवाना गरी चालकको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।














