२०८२ माघ ७ गते बुधवार

दाङमा लागु औषध ब्राउन सुगरसहित तीन जना पक्राउ


दाङ । दाङमा लागु औषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम (पुर्व) पुथा उत्तरगंगा गाँउपालिका–१२ का २६ वर्षका सुजन परियार, नेपालगन्ज उपमहानगरपालीका–१ धम्बोजी बस्ने ३८ वर्षका ईमरान सिद्दिकी हलवाई र नेपालगन्ज–८ ज्वलाहापुर बस्ने ३८ वर्षका नुरूद्दिन अन्सारी रहेको दाङ प्रहरीले जनाएको छ ।

उनिहरुलाई विभिन्न समयमा विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो । परियारलाई आज सोमबार करिब २ बजेतिर लमही नगरपालिका–५ बसपार्कमा लागु औषधको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरेको डिएसपी शाहले जानकारी दिनुभयो ।

परियारको साथबाट १३ ग्राम २९० मिलिग्राम परिमाणको २ वटा पुडिया लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो रङको धुलो सहित फेला परेको प्रहरीले जनाएको छ । उनलाई अदालत बाट १० दिनको म्याद थप भइ अनुसन्धान कार्य भईरहेको डिएसपी शाहले जानकारी दिनुभयो ।

अर्का दुई जना हलवाई र अन्सारीलाई हिजो ४ बजेतिर राप्ती गाउँपालीका–५ पुर्व पश्चिम राजमार्गको कालापानी सडक खण्डमा पक्राउ गरिएको हो । उनिहरुको साथबाट ३१ ग्राम १६० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको डिएसपी शाहले जानकारी दिनुभयो ।

दुबै जनालाई दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप भइ अनुसन्धान भईरहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस