२०८२ माघ २५ गते आइतवार

कृषि विकास बैंकद्वारा सहयोग सामाग्री हस्तान्तरण


दाङ । कृषि विकास बैंक तुलसीपुर शाखाले सहयोग सामाग्री हस्तान्तरण गरेको छ । बैंकले आज मंगलबार एक कार्यक्रमको आयोजना गरी अपाङग समाज सुधार केन्द्रलाई सहयोग सामाग्री हस्तान्तरण गरेको हो ।

केन्द्रमा अपाङगता भएका नागरिकहरुको आवास सहित फिजियोथेरापी सेवा सञ्चालन भइरहेकाले सो कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सामाग्री हस्तान्तरण गरेको शाखा प्रबन्धक शिव कुमार चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार एक थान डिफ्रिज, एक थान प्रिन्टर र एक हजार लिटरको पानी ट्याङकी सहयोग गरिएको हो ।

संस्थाका अध्यक्ष हुमकान्त कँडेलको अध्यक्षता तथा बैंकका शाखा प्रबन्धक चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख अतिथी चौधरीले आगामी दिनहरुमा पनी सहयोगको कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो ।

सो अवसरमा केन्द्रलाई बैंकबाट पहिलो पटक सहयोग सामाग्री प्राप्त गरेकोमा अध्यक्ष कँडेलले धन्यवाद ज्ञापन गर्नुभयो । केन्द्रका उपाध्यक्ष हरिकला भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव नारायण प्रसाद लामिछानेले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस