दाङ । अवैध नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दाङका विभिन्न स्थानबाट विभिन्न समयमा अबैध रुपमा ढुङ्गा तथा बालुवा उत्खनन् गर्ने २१ वटा सवारी साधनलार्ई नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङ मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा ढुङ्गा तथा बालुवा उत्खनन् गरिरहेको अबस्थामा १९ वटा ट्याक्टर र दुई वटा टिप्पर गरी २१ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार १९ वटा ट्याक्टरबाट ३ लाख ९३ हजार २३६ र दुई वटा टिप्परबाट एक लाख गरी ४ लाख ९३ हजार २३६ रुपैंया जरिवाना असुल गरिएको छ ।
उक्त सवारी साधनलाई जरिवाना कारबाही गरी सम्बन्धित व्यक्तिको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।














