२०८२ माघ २५ गते आइतवार

मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते


रोल्पा । रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

पुस १४ गते रोल्पाको त्रिवेणी गाउँपालिका–७ गाईविसौना स्थित सहिद राजमार्गमा लिवाङबाट नुवागाउँतर्फ आउँदै गरेको रा ६ प ९९९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

मोटरसाइकल चालक त्रिवेणी गाँउपालिका–२ नुवागाँउका २० वर्षका रुपेश बुढामगरको दाँया खुट्ठामा सामान्य चोट लागेको छ । मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २१ वर्षीय बिलगेट्स बुढामगरको टाउकोमा गहिरो चोट लागेको छ । उहाँको अवस्था गम्भीर रहेको र बोल्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते बिलगेट्स बुढामगरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालकलाई इलाका प्रहरी कार्यालय होलेरीको नियन्त्रणमा लिइएको छ भने मोटरसाइकल प्रहरी चौकी नुवागाउँको नियन्त्रणमा राखिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस