२०८३ बैशाख १३ गते आइतवार

भट्टराई कुलवंश प्रतिष्ठान दाङ जिल्लाको अधिवेशन सम्पन्न


दाङ । भट्टराई कुलवंश प्रतिष्ठान नेपाल जिल्ला समिति दाङको पश्चिम क्षेत्रस्तरीय अधिवेशन भएको छ । शनिबार तुलसीपुर–९ बेलुवामा एक कार्यक्रमका बीच अधिवेशन सम्पन्न भएको हो ।

भट्टराई कुलवंश प्रतिष्ठान नेपाल नगर अध्यक्ष चिन्तामणी भट्टरार्ईको अध्यक्षता तथा भट्टराई कुलवंश प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य मुक्तिराम भट्टराईको प्रमुख आतिथ्यता, एवं जिल्ला अध्यक्ष दधीराम भट्टराईको बिशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ । घनश्याम भट्टराईको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

जसअनुसार उपाध्यक्षमा फणिन्द्र भट्टराई, महिला उपाध्यक्षमा रमा भट्टराई, सचिवमा टंकेश्वर भट्टराई, सहसचिवमा कमला भट्टराई र कोषाध्यक्षमा एकराज भट्टराई चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरूमा यमुना केसी भट्टराई, भारती भट्टराई, भीमकान्त भट्टराई, सरस्वती भट्टराई, लालीदेवी भट्टराई, कोमलकान्त भट्टराई, सरिता भट्टराई, रविलाल भट्टराई, शान्तराज भट्टराई, युवराज भट्टराई, विष्णु भट्टराई, प्रेमप्रकाश भट्टराई, नारायणप्रसाद भट्टराई, लालुराम भट्टराई, बालिका भट्टराई, दुर्गाप्रसाद भट्टराई र पवित्रा भट्टराई चयन हुनुभएको छ ।

अधिवेशनको सहजीकरण जिल्ला सचिव अर्जुन भट्टराईले गर्नुभएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस