दाङ । नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ राप्ती लाइफ केयर अस्पताल तुलसीपुरले निःशुल्क स्वास्थ्य जाँच अभियान सञ्चालन गरेको छ ।

अभियान अन्तर्गत मंगलबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ८, कटकुइयाँमा स्थानीय नागरिकको निःशुल्क स्वास्थ्य जाँच गरिएको हो । अस्पतालका विशेषज्ञ चिकित्सकसहितको टोलीले स्थानीय बासिन्दाहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक परामर्श समेत प्रदान गरेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत दुर्गम र पहुँच नभएका क्षेत्रका नागरिकलाई लक्षित गरी यस्ता कार्यक्रमलाई निरन्तरता दिएको छ । स्वास्थ्य जाँचको क्रममा सुगर, प्रेसर , अक्जिनको लेवल लगायतका जाँच गरिएको छ ।

त्यस क्रममा अधिकांश नागरिकमा सुगरको मात्रा बढी देखिएको छ । अस्पतालले हरेक समयमा विभिन्न ठाउँमा पुगेर स्वास्थ्य जाँच गर्ने गरिरहेको अस्पतालका अध्यक्ष हरिप्रसाद रिजालले बताउनुभयो ।














