दाङ । राप्ती लाइफ केयर अस्पताल तुलसीपुरले गाउँ–गाउँमा पुगेर निरन्तर स्वास्थ्य जाँच गरिरहेको छ । स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुग्नु आवश्यक रहेको लक्ष्यसहित लाइफ केयरले शनिबार दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ७ बैशामा पनि स्वास्थ्य जाँच निशुल्क गरेको हो ।

शिविरमा २०० भन्दा बढी स्थानीय बासिन्दाले स्वास्थ्य परीक्षण सेवा लिएका छन् । परीक्षणमा मधुमेह (सुगर), रक्तचाप (प्रेसर) र अक्सिजनको स्तर जाँच गरिएको थियो ।
जाँचका क्रममा केही व्यक्तिहरूमा सुगर र रक्तचापसम्बन्धी समस्या देखिएको थियो । अस्पतालले विगत केही वर्षदेखि गाउँ–गाउँमा पुगेर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित यस्ता निःशुल्क स्वास्थ्य शिविरहरू नियमित रूपमा सञ्चालन गर्दै आएको हो ।
















