दाङ । तुलसीपुरस्थित तुलसीपुर सिटी अस्पतालले बाढी प्रभावितका लागि डेढ लाख बढी आर्थिक सहयोग गरेको छ । अस्पतालले १ लाख ५१ हजार १११ रुपैँया प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको अस्पतालका प्रबन्ध निर्देशक हेमराज बस्नेतले जानकारी दिनुभयो ।
अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्बाट प्रभावित परिवारको उद्धार, राहत तथा उपचारमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरेको प्रबन्ध निर्देशक बस्नेतले बताउनुभयो ।
बाढी तथा विपद्का कारण प्रभावित नागरिकलाई राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले अस्पतालले उक्त रकम प्रदान गरेको जनाएको छ ।






















