२०८२ माघ ७ गते बुधवार

पौडेल वंश महासंघ दाङको घुम्ती बैठक तथा लमही नगर भेला सम्पन्न


दाङ । पौडेल वंशा महासङघ जिल्ला कार्य समिती दाङको घुम्ती बैठक तथा लमही नगर भेला लमहिमा सम्पन्न भएको छ ।

लमही नगरका जेष्ठ सदस्य बेदराज पौडेलको सभापतित्व तथा जिल्ला अध्यक्ष कालिका प्रसाद पौडेलको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो ।

भेलामा सहभागी बक्ताहरुले वंशावली निर्माण नै प्रमुख उद्देस्य भएको भन्दै सबै एकताबद्ध भएर लाग्नु पर्ने बताएका छन । भेलाले लमही नगर नया कार्य समिती पनि गठन गरेको छ ।

श्विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गठित समितिको उपाध्यक्ष गोकर्ण पौडेल, सचिब माधब पौडेल, कोषाध्यक्ष नारायण पौडेल सदस्यहरुमा बिमला पौडेल, बिन्दु पौडेल, हेमराज पौडेल,जानुका पौडेल,खगेस्वर पौडेल र भुमिराम पौडेल रहनु भएको छ ।

त्यस अबसरमा सम्पन्न जिल्ला कार्य समितिको बैठकले फागुन मसान्त सम्म सम्पुर्ण पालिकाहरुले अनिबार्य वंशावली र पुजाबिधी जिल्ला कार्य समितिलाइ बुझाउनु पर्ने , आगामी घुम्ती बैठक सान्तिनगरमा चैत्र २८ गते गर्ने लगाएतका निर्णय गरेको छ ।

साथै लुम्बिनी प्रदेश सचिब भरतमणी पौडेल, शान्तिनगर गाउपालिका उपाध्यक्ष प्रेमा बुढाथोकी पौडेल, वंशावली निर्माण सम्योजक गेहराज पौडेल, निबर्तमान जिल्ला अध्यक्ष रामकुमार पौडेल लगाएतले आफ्नो भनाइ राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण जिल्ला सचिब डिल्ली पौडेलले गर्नु भएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस