दाङ । दाङमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने १० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रूपमा ढुंगा तथा बालुवा उत्खनन गर्ने सवारी साधनहरूलाई नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको हो ।
पुस २० गतेदेखि २९ गतेसम्म दाङका विभिन्न स्थानमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेका ९ वटा ट्याक्टर र १ वटा जेसीबी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।
अवैध उत्खनन भइरहेको अवस्थामा सवारी साधनहरू नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको र जम्मा ५ लाख ५२ हजार ४२७ रुपैयाँ जरिवाना गराइएको डिएसपी शाहले जानकारी दिनुभयो ।
जरिवाना तिराएपछि ती सवारी साधनहरू सम्बन्धित व्यक्तिहरूको जिम्मा लगाई पठाइएको प्रहरीले जनाएकोे छ ।














