दाङ । तुलसीपुर उपमहानगरपालिका–९ स्थित बेलुवा दाजुभाई चोक क्षेत्रबाट एक ११ वर्षीया बालिका हराएकी छन् ।
तुलसीपुर–९ निवासी हेमन्त योगि र टोपकला योगिकी छोरी सृष्टि आइतबार साँझ करिब ५ः३० बजेदेखि सम्पर्कविहीन भएकी हुन् । उनी आइडिएल इङ्लिस बोर्डिङ स्कुल तुलसीपुरमा कक्षा ४ मा अध्ययनरत रहेको परिवारले जनाएको छ ।
परिवारका अनुसार सृष्टि बेलुवा दाजुभाई चोक आसपासबाट हराएकी हुन् । हराउँदा उनले गुलाबी (पिंक) रंगको टिसर्ट र हरियो रंगको सुरुवाल लगाएकी थिइन् ।
बालिका हराएपछि परिवारजनले आफन्त तथा छिमेकीमार्फत खोजी कार्य तीव्र पारेका छन् भने स्थानीय प्रहरीलाई समेत जानकारी गराइसकिएको छ । तर समाचार तयार पार्दासम्म उनको अवस्था अज्ञात रहेको छ ।
परिवारले सृष्टि योगिलाई कसैले देखेमा नजिकको प्रहरी चौकी वा परिवारजनलाई तुरुन्त जानकारी गराइदिन सबैमा आग्रह गरेको छ । सानो जानकारीले पनि बालिकालाई सुरक्षित घर फर्काउन ठूलो सहयोग पुग्ने परिवारको भनाइ छ ।
भेटाउनुहुने महानुभावले मोबाईल नम्बर ९७०६६३००५५ मा सम्पर्क गरिदिन हुन परिवारले अनुरोध गरेको छ ।














