२०८२ माघ २५ गते आइतवार

दाङमा प्रमुख दलहरुले टुंगो लगाए उमेदवार

दाङ। मनोनयनको समय नजिकिएसँगै प्रमुख राजनीतिक दलहरूले उम्मेदवार छनौट करिब टुंगो लगाएका छन् । दाङका तीनवटै निर्वाचन क्षेत्रमा प्रमुख राजनीतिक दलहरूले आफ्ना उम्मेदवारहरूको टुंगो करिब लगाएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पाटी, राष्ट्रिय स्वतन्त्र पाटी, राष्ट्रिय जनमोर्चा लगायतले उमेदवारको करिब टुंगो लगाएका छन् ।

प्रमुख दल नेपाली कांग्रेसले क्षेत्र नम्बर १ मा पाटीका सहमहामन्त्री योगेन्द्र चौधरी, क्षेत्र नम्बर २ किरणकिशोर घिमिरे र क्षेत्र नम्बर ३ बाट निवर्तमान सांसद दिपक गिरीलाई छनौट गरेको छ । यस्तै नेकपा एमालेले क्षेत्र नम्बर १ बाट रेवतीरमण शर्मालाई छनौट गरेको छ ।

क्षेत्र नम्बर २ बाट महासचिव शंकर पोखरेल र क्षेत्र नम्बर ३ बाट तुलसीपुर उपमहानगरपालिका निवर्तमान मेयर घनश्याम पाण्डेलाई उमेदवार छनौट गरेको नेकपा एमाले दाङले जनाएको छ ।

यस्तै नेपाली कम्युनिष्ट पाटीले क्षेत्र नम्बर १ बाट मेटमणी चौधरीलाई छनौट गरेको छ । यस्तै क्षेत्र नम्बर २ बाट निर्मल आचार्य र क्षेत्र नम्बर ३ बाट धनबहादुर मास्कीलाई नेकपाले उमेदवार बनाएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पाटीले क्षेत्र नम्बर १ बाट देवराज पाठक, क्षेत्र नम्बर २ बाट पाटीका सहमहामन्त्री विपन आचार्य र क्षेत्र नम्बर ३ बाट कमल सुवेदीलाई उमेदवार बनाएको छ ।

यस्तै जनमोर्चाले पनि तीन वटै निर्वाचन क्षेत्रबाट उमेदवार टंगो लगाएको छ । क्षेत्र नम्बर १ बाट जिल्ला अध्यक्ष गणेश आचार्य, क्षेत्र नम्बर २ बाट मणीराम खनाल र क्षेत्र नम्बर ३ बाट कमला जिसीलाई उमेदवार छनौट गरेको जनमोर्चाले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उमेदवारी मनोनयन दर्ता हुँदैछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस