२०८२ माघ २५ गते आइतवार

रेडक्रस बिजौरीद्वारा स्वागत तथा बधाई

विजौरी । नेपाल रेडक्रस सोसाइटी उपशाखा बिजौरीले आज एक विशेष कार्यक्रमका साथ नवनियुक्त पदाधिकारी तथा सुरक्षा अधिकारीलाई स्वागत एवं बधाई ज्ञापन गरेको छ ।

उपशाखाले प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी, दाङको विकास समिति अध्यक्षमा नवनियुक्त हिम बहादुर डाँगी, सदस्य अन्जु खड्का र हेमन्तापुर प्रहरी चौकीमा नवआगन्तुक प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) दल बहादुर बुढालाई स्वागत गरेको हो ।

रेडक्रस बिजौरी उपशाखाका अध्यक्ष बाल कृष्ण रेग्मी ’शम्भु’ को अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरूले नवनियुक्त पदाधिकारीहरूको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

नेकपा एमाले तुलसीपुर–१८ का कमान सिंह खड्का, नेपाली कांग्रेसका चिन्तामणि पोख्रेल, जनता संस्कृत माविका सदस्य मदन खत्री र पत्रकार सुनील पोख्रेल लगायतले बधाई तथा शुभकामना दिनुभएको हो ।

वक्ताहरूले प्रादेशिक आयुर्वेद चिकित्सालयको विकासमा नवनियुक्त नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने र स्थानीय सुरक्षा व्यवस्थामा वरिष्ठ सई बुढाको आगमनले थप सक्रियता आउने विश्वास व्यक्त गरेका छन् ।

शान्ति महतको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सहजीकरण सचिव मुकेश वलीले गर्नुभएको हो । कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी तथा रेडक्रसकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस