२०८२ फाल्गुन २९ गते शुक्रवार

आचारसंहिता उल्लङ्घन गरेको भन्दै तीन उम्मेदवारलाई आयोगको स्पष्टीकरण


दाङ । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले तीन जना उम्मेदवार र तीनवटा सरकारी निकायलाई स्पष्टीकरण सोधेको छ ।

आयोगले बाँके निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार खगेन्द्र सुनार, सप्तरी निर्वाचन क्षेत्र नं २ का उम्मेदवार डा. चन्द्रकान्त राउत (सिके राउत) र काठमाण्डौ निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार निशा अधिकारीलाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिनुभयो ।

सुनारलाई राष्ट्रिय जनावर गाईलाई लिएर साम्प्रदायिक विद्वेष फैल्याएर आचारसंहिता उल्लङ्घन गरेको भन्ने उजुरी परेका आधारमा स्पष्टीकरण सोधिएको शाखा अधिकृत प्रकाश सुवेदीले हस्ताक्षर गर्नुभएको पत्रमा उल्लेख छ । यस्तै, राउतलाई आफ्नो निर्वाचन क्षेत्रमा चुनाव चिह्न र झन्डाको तोरण बनाई झुन्ड्याएको भनी उजुरी परेका आधारमा स्पष्टीकरण सोधिएको होे ।

काठमाण्डौ निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार अधिकारीलाई अष्टेलियामा रहेका नेपालीलाई स्वयंसेवक आवेदन फारम पठाई क्युआर कोडबाट आफ्नो अभियानलाई सहयोग गर्न सक्ने व्यहोराको विवरण पठाएका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस