२०८२ फाल्गुन २९ गते शुक्रवार

दाङमा १७ जना फरार प्रतिवादी पक्राउ


दाङ । दाङमा १७ जना फरार प्रतिवादी पक्राउ परेका छन् । विभिन्न मुद्दामा फैसला भई फरार रहेका १७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको हो ।

माघ १० गते देखि १७ गतेसम्म ७ दिनको अवधिमा १७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।

उहाँका अनुसार अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन खोजतलास गर्ने क्रममा फरार प्रतिवादीहरू पक्राउ परेका हुन् । प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका प्रतिवादीहरूबाट ३१ लाख ७९ हजार २ सय ७६ रुपैयाँ जरिवाना असुल गरिएको छ भने ५ वर्ष ७ महिना १ दिन कैद सजाय तोकिएको डिएसपी बोहोराले जानकारी दिनुभयो ।

पक्राउ परेका सबै प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत घोराही, दाङमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस