२०८३ जेष्ठ २८ गते बिहिवार

दाङको तुलसीपुरमा तीन दिने कला प्रदर्शनी सुरु


दाङ । दाङको तुलसीपुरमा तीन दिने कला प्रदर्शनी (आर्ट एक्जिबिशन) सुरु भएको छ । कला क्षेत्रको प्रवद्र्धन तथा कलाकारहरूको सिर्जनशीलता उजागर गर्ने उद्देश्यले हिजो शनिबार देखि तुलसीपुरको होटेल मेट्रो दरबारमा सुरु भएको हो ।

प्रदर्शनीमा चित्रकला, माटोका भाडा, स्टोन आर्ट लगाएतका कला प्रस्तुत गरिएको छ । चित्रकलातर्फ चमन बुढाथोकी, स्टोन आर्टतर्फ अनिल परियार तथा क्रोसेट र पोटरी कलातर्फ कविता घर्तीमगरका कला कृतिहरू राखिएका छन् ।


कार्यक्रममा विभिन्न कलाकार तथा कला पारखीहरूको सहभागिता रहेकोे रंगमनका संस्थापक कविता घर्ति मगरले जानकारी दिनुभयो । कला प्रदर्शनीमार्फत समाजका सकारात्मक सोच प्रदान गर्नु र कलाको जानकारी दिने उद्देश्यले रहेको संस्थापक मगरले बताउनुभयो ।

साथै स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने, कला संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने, कलाकारहरूको प्रतिभा उजागर गर्ने र समाजसंग अन्तरक्रिया र्गो र भावनात्कम सन्तुनमा कलाले सहयोग पुग्ने उहाँको भनाई छ । कला सम्बन्धि ज्ञान लिन र बुझ्‌न चाहने जुनसुकै उमेर समूहका व्यपक्तीहरुलाई उपस्थितीका लागि उहााले अनुरोध पनि गर्नु भएको छ ।
कला प्रदर्शनीमा चमन बुढाथोकी, अनिल परियार, खगेन्द घर्ति, सिता घर्तिमगर, राजन गुप्ता,पवित्रा ओली लगाएको साथ सहयोग रहेको रंगमनका संस्थापक घर्तिले जानकारी दिनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा सर्वसाधारणलाई अवलोकनका लागि खुला रहने आयोजकले जनाएको छ । स्थानीय कला क्षेत्रको विकासमा टेवा पुर्‍याउने विश्वाससहित आयोजना गरिएको यस प्रदर्शनीले कला प्रेमीहरूलाई नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ । शनिबार १६ गतेदेखि सुरु भएको कला प्रदर्शनी १८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

स्नातक तह उतिर्ण गरेका घर्ती मगरले “देशमै केही गर्छु” भन्ने अठोटका साथ बिगत ६ महिनादेखि तुलसीपुर उपमहानगरपालिका–५, घ लाइनमा ‘रङ्गमन’ सञ्चालन गदै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस