२०८३ जेष्ठ २८ गते बिहिवार

दाङ क्षेत्र नम्बर ३ मा रास्वपाका कमल सुवेदीको सुरुवाति अग्रता


दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना जारी रहेको छ । आज बिहान ११ बजेर २२ मिनेट सम्म एक हजार ५ मत गणना हुँदा रास्वपाका कमल सुवेदीको सुरुवाति अग्रता देखिएको छ ।

पछिल्लो मत परिणामअनुसार सुवेदीले ५०३ मत प्राप्त गर्नुभएको छ । यस्तै कांग्रेसका दिपक गिरीले २८४ मत प्राप्त गगर्नुभएको छ भने एमालेका घनश्याम पाण्डेले १३४ मत प्राप्त गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका धन बहादुर मास्कीले ३८ मत प्राप्त गर्नुभएको छ । निर्वाचन कार्यालयका अनुसार हालसम्म गणना भएको मतमध्ये २७ मत बदर भएको छ भने मतगणना कार्य जारी रहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस