दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको छ । दिउँसो १२ बजेसम्म १० हजार ३६२ मतणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का देवराज पाठकको अग्रता रहेको छ ।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र बहादुर कवरका अनुसार रास्वपाका पाठककले ६ हजार १३४ मत प्राप्त गर्नुभएको छ । पाठकका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका योगेन्द्र चौधरीले १ हजार ७७८ मत प्राप्त गर्नुभएको छ । पाठक चौधरी भन्दा ४ हजार ३५६ मतले अग्रता लिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका रेवतीरमण शर्मा घिमिरेले ७१६ मत प्राप्त गर्नुभएको छ ।
यस्तै राप्रपाका विनय विसीले १०४, नेपाल कम्युनिस्ट पार्टी माओवादीका प्रकाश शमहीले ७३, जनमोर्चाका गणेश प्रसाद आचार्यले ९१, जनता समाजवादी पार्टी नेपालका भरतलाल चौधरीले २६, मंगोल नेशनल अर्गनाइजेशनका खुम बहादुर गाहामगरले ११ मत प्राप्त गर्नुभएको छ ।
यस्तै राष्ट्रिय परिवर्तन पार्टीका रन्जित चौधरीले ३, नेशनल रिपब्लिक नेपालका मिन बहादुर ठेडी मगरले २१, आम जनता पार्टीका सिताराम यादवले ७, स्वतन्त्र उम्मेदवार कुल प्रसाद केसीले ९७ र स्वतन्त्र उम्मेदवार मालिकराम यादवले १३४ मत प्राप्त गर्नुभएको छ ।
१० हजार ३६२ मतणना हुँदा ४ सय ६ मत बदर भएको सूचना अधिकारी कवरले जानकारी दिनुभयो ।















