दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना जारी छ । ३ हजार ८४ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कमल सुवेदी फराकिलो मतान्तरले अगाडी हुनुहुन्छ ।
यो समाचार तयार पार्दासम्म सुवेदीले १ हजार ५४० मत प्राप्त गर्नुभएको छ । सुवेदीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिपक गिरीले ८८१ मत प्राप्त गर्नुभएको छ ।
सुवेदी र गिरीको मतान्तर ६५९ रहेको छ । यस्तै नेपाल कम्युनिष्ट पार्टी एमालेका घनश्याम पाण्डेले ३८५, नेपाल कम्युनिष्ट पार्टीका धन बहादुर मास्कीले ११९ मत प्राप्त गर्नुभएको छ ।
यस्तै राप्रपाका दामोदर भण्डारीले ३६, नेकपा माओवादीका बल बहादुर ओलीले ७, जनमोर्चाका कमला जीसीले २, श्रम संस्कृति पार्टीका टोप बहादुर महतराले ५ मत प्राप्त गर्नुभएको छ ।
१ हजार ८४ मत गणना हुँदा ९८ मत बदर भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र बहादुर कवरले जानकारी दिनुभयो ।















