२०८२ फाल्गुन २६ गते मङ्गलवार

समानुपातिकमा रास्वपा ४० लाख नजिक


दाङ । प्रत्यक्षमा सबैभन्दा बढी सिट जितेको राष्ट्रिय स्वतन्त्र पाटीले समानुपातिक मतमा पनि सबैभन्दा अघि देखिएको छ । निर्वाचन आयोगले अहिलेसम्म ७९ लाख २३ हजार ९०० समानुपातिक मतगणना भएको जनाएको छ ।

अहिलेसम्म गनिएका मतमध्ये रास्वपाले ३८ लाख २८ हजार ५५९ मत प्राप्त गरेको छ । समानुपातिकमा पनि कांग्रेसले रास्वपालाई पछ्याइरहेको छ । तर रास्वपाभन्दा कांग्रेस धेरै पछाडि छ । कांग्रेसले अहिलेसम्म १२ लाख ९१ हजार ६९६ मत प्राप्त गरेको छ ।

समानुपातिकमा पनि नेकपा एमाले तेस्रोमा रहेको छ । एमालेले अहिलेसम्म १० लाख ९० हजार ७४५ मत ल्याएको छ । यस्तै चौथोमा देखिएको नेपाली कम्युनिष्ट पाटीले अहिलेसम्म ५ लाख ६४ हजार ३८२ मत ल्याएको छ । यस्तै राप्रपाले २ लाख ६७ हजार ८९८, श्रम संस्कृति पाटीले २ लाख ६३ हजार १०२ मत ल्याएको छ ।

समानुपातिक प्रणालीतर्फ पार्टीहरूले प्राप्त गर्ने सिट गणना गर्न एउटा विशेष गणितीय सूत्र प्रयोग हुन्छ । प्रत्यक्ष मतदानमा कम्तीमा १ सीट जित्ने दलले समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा ३ प्रतिशत मत ल्याएमा मात्र यो प्रणालीतर्फ सिट पाउँछ । सिट सङ्ख्याको अन्तिम निर्णय निर्वाचन आयोगले गर्छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस