२०८३ जेष्ठ २७ गते बुधवार

सल्यानमा नेकपाका रमेशकुमार मल्ल निर्वाचित

सल्यान। प्रतिनिधि सभा निर्वाचनमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । मल्लले २३ हजार १८९ मत प्राप्त गरि निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका ललित चन्दले २० हजार ९०४ मत प्राप्त गर्नुभयो । मल्ले चन्दलाई २ हजार २ ८५ मतान्तरले पराजित गर्नुभएको हो ।

नेकपा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री छँदा स्वकीय सचिवको भूमिकामा रहेका मल्ल
विद्यार्थी राजनीतिबाट उदाएका ब्यक्ति हुनुहुन्छ । पराजित हुने रास्वपाका चन्द कर्णाली प्रदेश महामन्त्रीमा हनुहुन्छ ।

सल्यानमा नेपाली कांग्रेस तेस्रो बनेको छ । कांग्रेस उम्मेदवार केशबहादुर विष्टले १७ हजार ५५८ मत प्राप्त गर्नुभएको छ । बिष्ट जिल्ला पार्टी सभापति हुनुहुन्छ । उहाँ जिल्ला समन्वय समिति प्रमुख छँदा यसअघिको स्थानीय तह निर्वाचनमा छत्रेश्वरी गाउँपालिकामा पनि पराजित हुनुभएको थियो ।

सल्यानमा नेकपा एमाले चौथो बनेको छ । एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहले १५ हजार ३७३ मत प्राप्त गर्नुभएको छ । कर्णाली प्रदेश पूर्व सांसद शाह यसअघिको निर्वाचनमा पनि पराजित हुनुभएको थियो ।

नेकपाबाट यसअघि छिमेकी जिल्ला रोल्पाबाट बर्षमान पुन, रुकुम पूर्वबाट पार्टी संयोजक पुष्पकमल दाहाल, छिमेकी जिल्ला रुकुम पश्चिमबाट गोपाल शर्मा निर्वाचित हुनुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस