सल्यान । सल्यानमा वन डढेलो व्यवस्थापन सप्ताह २०८२ सुरु भएको छ । “वन डढेलो नियन्त्रणमा प्रभावकारीता, तिनै तहका सरकारको सहभागिता” भन्ने मूल नाराका साथ आज बुधबार वन डढेलो नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको हो ।
डिभिजन वन कार्यालय सल्यानको आयोजनामा तथा कपुरकोट सब–डिभिजन वन कार्यालयको व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो ।
कपुरकोट सब–डिभिजन वन कार्यालयका प्रमुख कमला घर्ती मगरको अध्यक्षता तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनको प्रमुख आतिथ्यता तथा डिभिजन वन कार्यालय सल्यानका प्रमुख डिभिजनल वन अधिकृत टेकबहादुर रावलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, कपुरकोटका अध्यक्ष खड्गबहादुर केसीसहित प्रतिनिधिहरू तथा ४८ वटा वन उपसमूहका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम कपुरकोट सब–डिभिजन वन कार्यालयका प्राविधिक दिलबहादुर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सहजीकरण फरेष्टर चन्द्रमा बुढाले गर्नुभएको हो ।














