२०८३ बैशाख २६ गते शनिवार

पछिल्लो एक घण्टामा दाङमा ३२.८ मिलिमिटर वर्षा


दाङ । लुम्बिनी प्रदेशको दाङसहित ८ वटा जिल्लाका पानी परिरहेको छ । दाङ, बाँके, बर्दिया हुम्ला, कालिकोट, अछाम, सुर्खेत, कपिलवस्तुलगायतका जिल्लामा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको छ । पछिल्लो एक घण्टामा सबैभन्दा धेरै दाङको अम्बापुरमा ३२.८ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै रुपन्देहीमा पनि दिउँसोपछि मौसम बदली भएको छ ।

आज लुम्बिनी, मधेश प्रदेश र कोशीको तराई भागमा हावाहुरी झन्डै ५०/६० किलोमिटर प्रतिघण्टाको दरले चल्ने सम्भावना छ ।

यसबाट रुख ढल्ने, कमजोर संरचना र घरका छाना उडाउने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस