२०८३ बैशाख ६ गते आइतवार

हावाहुरीले तुलसीपुरको पञ्चकुले फिडरमा क्षति, विद्युत् सेवा प्रभावित


दाङ ।
आज शुक्रबार दिउँसो आएको हावाहुरीका कारण नेपाल विद्युत् प्राधिकरण तुलसीपुर वितरण केन्द्र अन्तर्गत पर्ने पञ्चकुले फिडरका केही विद्युत् संरचनामा क्षति पुगेको छ ।

पश्चिम दाङमा आएको भीषण हावाहुरी र वर्षाका कारण ११ केभी पञ्चकुले फिडर अन्तर्गत शान्तिनगर गाउँपालिका–७ बुराडाबर क्षेत्रमा विद्युत् संरचना प्रभावित भएको हो ।

प्राधिकरणका अनुसार हाल सो क्षेत्रमा एलटीको काम भइरहेको छ । मौसमका कारणले तुलसीपुरबाट सानाहरु लैजान समस्या भएकाले भोली विहानसम्म मर्मत हुने प्राधिकरणले जनाएको छ ।

मौसम अनुकूल हुनासाथ प्रभावित लाइनमा मर्मतसम्भार कार्य सुरु गरिनेछ । प्रभावित क्षेत्रका सबै ग्राहकलाई धैर्य गरिदिन विद्युत् प्राधिकरणले अनुरोध गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस