२०८२ चैत्र १२ गते बिहिवार

दाङमा लागुऔषधसहित पाँच जना पक्राउ


दाङ । दाङमा लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । उनिहरुलाई गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिका–१५ स्थित स्केट पार्क नजिकैबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ बस्ने २० वर्षका सौरव वली, घोराही–१३ का २८वर्षका सृजना चौधरी, घोराही–.४ घर भई १३ नम्बर बस्ने २६ वर्षका बिशाल बिक, तुलसीपुर उपमहानगरपालिका–६ घर भई घोराही –१३ बस्ने १८ वर्षका कुमारी नेपाली र तुलसीपुर उपमहानगरपालिका–६ घर भई घोराही–१३ बस्ने २४ वर्षका मिना नेपाली रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुको साथबाट ब्राउन सुगर जस्तो देखिने लागुऔषध करिब १८ ग्राम ६६० मिलिग्राम, सुनजस्तो देखिने पहेंलो धातु १६.२ लाल, नगद ४८ हजार ७७५ रुपैंया र ५ थान मोबाइल बरामद गरेको छ ।

पक्राउ परेकाहरुमाथि लागुऔषध सम्बन्धी कसुरमा दश दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस