दाङ । नमस्ते एकता यातायात प्रालिको अध्यक्षमा पुन : रोमहर्ष केसी सर्वसम्मत चयन हुनुभएको छ । शनिबार तुलसीपुरमा भएको नवौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट केसी पुन : अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।
प्रालिको उपाध्यक्षमा शालिकराम भण्डारी, सचिवमा होताराम विष्ट, कोषाध्यक्षमा तिलकराम भण्डारी सर्वसम्मत चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा कर्णबिर सार्की, लोक बहादुर खत्री, महानन्द पोखरेल, खडक चन्द र मदन भण्डारी चयन हुनुभएको छ ।
अधिवेशनबाट दुई सदस्य पछि मनोनित गर्ने गरी ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । अधिवेशनअघि प्रालिको नवौँ वार्षिक साधारणसभा गरिएको थियो । साधारण सभामा अध्यक्ष रोमहर्ष केसीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष तिलकराम भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सदस्य लोक बहादुर खत्रीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव होताराम विष्टले गर्नुभएको हो । अटो व्यवसायीको हकहितको संरक्षण तथा संवद्र्धन गर्नका लागि नौ वर्षअघि स्थापना गरिएको प्रालिमा दिनप्रति आवद्ध हुने व्यवसायीको संख्या बढ्दै गएको छ ।














