दाङ । दाङको तुलसीपुरमा झण्डै दश हजार नगदसहित एक महिलाको पर्स भेटिएको छ । तुलसीपुर उपमहानगरपालिका–५ रानिजरुवाबाट तुलसीपुर बजारतर्फ आउँदै गरेको अटो चालकले पर्स भटाउनुभएको हो ।
अटो चालक तुलसीपुर–१६ लालपुरका ४४ वर्षीय खुशीराम चौधरीले उक्त पर्स फेला पार्नुभएको हो । आज शनिबार दिउँसो करिब साढे २ बजेतिर रानिजरुवाको पक्की सडकमा खैरो रङको पर्स भेटिएको चौधरीले जानकारी दिनुभयो ।
उक्त पर्सभित्र नगद ९ हजार ९ सय ४५ रुपैयाँ, ग्लोबल आइएमई बैंकको एटिएम कार्ड, चाँदीको सिक्री र त्यसैमा बेरिएर रहेको पहेलो रङको रातो लकेट गरेको पितलको सिक्री, कपाल बाड्ने रबर र प्रेम ट्राभल्सको भिजिट कार्ड रहेको छ ।

पर्स भटाएपछि चौधरीले रेडियो हाम्रो पहुँचमा आएर जानकारी गराउनुभएको हो । पर्स हराउने सम्बन्धित व्यक्तिले आफ्नो पहिचान खुल्ने कागजात लिएर रेडियो हाम्रो पहुँचमा आउन अथवा फोन गर्न चौधरीले अनुरोध गर्नु भएको छ ।
रेडियोको फोन नम्बर ०८२५२१५१९ वा पर्स फेला पार्ने खुशीराम चौधरीको मोबाइल नम्बर ९८२९८७३५७३ मा सम्पर्क गर्न सक्नुहुने छ ।














