२०८३ बैशाख ५ गते शनिवार

तुलसीपुर–७ द्वारा अपाङ्गता भएका व्यक्तिलाई बाख्रा वितरण


तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ ले अपाङ्गता भएका व्यक्तिहरूलाई बाख्रा वितरण गरेको छ । वडाले अपाङ्गता भएका व्यक्तिहरूलाई आयआर्जनसँग जोड्ने उद्देश्यले आज शनिबार १० जना लाई बाख्रा वितरण गरेको हो ।

अपाङ्गता भएका व्यक्तिहरूलाई आयआर्जनसंग जोडेर आर्थिक आत्मनिर्भर बनाउनका लागि वडाले बाख्रा वितरण गरेको अध्यक्ष राम बहादुर जिसीले जानकारी दिनुभयो । उहाँले बाख्रा पालन आयआर्जनको सजिलो माध्यम भएकाले अपाङगता भएका व्यक्तिहरुकोे दैनिकीमा सहयोग पुग्ने बताउनुभयो ।

वडाले लक्षित वर्गका लागि प्रत्येक वर्ष कार्यक्रम ल्याउने गरेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । उहाँले वडामा रहेका अपाङ्गता भएका व्यक्तिहरू, एकल महिला, विपन्न परिवार र ज्येष्ठ नागरिकलाई लक्षित गदै विभिन्न आयआर्जनमूलक सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउनुभयो ।

वडा नम्बर ७ ले यसअघि पनि सीपमूलक तालिम, स्वरोजगार प्रवद्र्धन कार्यक्रम, सरसफाइ अभियान, सडक तथा पूर्वाधार विकास, खानेपानी व्यवस्थापन लगायतका कामहरू गर्दै आएको जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस