दाङ । दाङको तुलसीपुरमा रहेको राप्ती लाइफ केयर अस्पतालले विपन्न बालबालिकाको पढाइमा सहयोग पुर्याउने उद्देश्यले शैक्षिक सामग्रि सहयोग अभियानलाई तिब्रता दिएको छ । अस्पतालले ग्रामिण क्षेत्रका विद्यालयमा अध्ययन गर्ने विपन्न समुदायका बालबालिकालाई झोला, कापी, कलम लगायतक शैक्षिक सामग्रि सहयोग अभियान तिब्र पारेको हो ।
अस्पतलालले तुलसीपुर उपमहागनरपालिका–१३ मा रहेको श्री आधारभूत बराहखुटीका ३५ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको हो । अस्पतालले विद्यार्थीलाई झोला, कापी, कलम लगाएतका शैक्षिक सामाग्री सहयोग गरेको छ ।
विद्यालय प्रधानाध्यापक लालमणी न्यौपानेको अध्यक्षता तथा राप्ती लाइफ केयर अस्पतालका अध्यक्ष हरिप्रसाद रिजालको प्रमुख आतिथ्यतामा सहयोग हस्तान्तरण कार्यक्रम गरिएको हो ।
प्रमुख अतिथी अस्पतालका अध्यक्ष रिजालले समाजका सबै नागरिकले शिक्षा, स्वास्थ्य तथा आधारभूत आवश्यकतामा समान पहुँच पाउनुपर्ने उद्देश्यका साथ अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
उहाँले आर्थिक अभावका कारण कुनै पनि बालबालिका पढाईबाट बञ्चित नहोउन् भन्ने उद्देश्यका साथ अस्पतालले विभिन्न विद्यालयमा पुगेर शैक्षिक सामग्रि सहयोग गरिरहेको जानकारी दिनुभयो । उहाँले अस्पतालले स्वास्थ्य सेवासंगै सामाजिक उत्तरदायित्वका काम पनि गरिरहेको बताउनुभयो ।
प्रधानाध्यापक न्यौपानेले स्वास्थ्य क्षेत्रसँगै शैक्षिक क्षेत्रमा समेत सहयोग पुर्याएकोमा अस्पतालप्रति आभार व्यक्त गर्नुभयो । उहाँले बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेकोमा खुसी व्यक्त गदै शैक्षिक सामग्रि सहयोगले विद्यार्थीको पठनपाठनमा थप सहयोग पुग्ने बताउनुभयो ।
अस्पतालले बालबालिकालाई झोला, कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गरेपछि अभिभावकहरू खुसी भएका छन् । उनीहरूले सहयोगका लागि अस्पतालप्रति धन्यवाद व्यक्त गरेका छन् ।
कार्यक्रममा जग्गादाता नमाकान्त पौडेल, समाजसेवी सीताराम आचार्य, यज्ञमूर्ति भट्टराई, कर्मचारी पदम चौधरी, स्थानीय समाजसेवी बसन्त शर्मा तथा अभिभावक पदम बिटलुलगायतले शैक्षिक सामग्री सहयोगले विद्यार्थीहरुलाई अध्ययनमा थप सहयोग मिल्ने बताएका थिए ।


















