२०८३ जेष्ठ ३० गते शनिवार

अवैध भन्सार छली गरी ल्याइएका कपडा बरामद


दाङ । दाङको लमही नगरपालिका–९ तल्लो अमिलिया क्षेत्रमा बिलबिजक प्रक्रिया पूरा नगरी बिक्री वितरण गदै गरेका विभिन्न प्रकारका रेडिमेड कपडा प्रहरीले बरामद गरेको छ ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमिलिया दाङबाट खटिएको प्रहरी टोलीले तल्लो अमिलिया टोलस्थित भित्री सडक खण्डमा चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा प्लास्टिकका दुई वटा झोलामा प्याक गरी गाउँ–टोलमा खुला रूपमा विभिन्न प्रकारका रेडिमेड कपडा खुद्रा बिक्री वितरण भइरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जाँचका क्रममा उक्त झोलाबाट अनुमानित ७७ हजार रुपैयाँ बराबरका कपडा बरामद गरिएको थियो । बरामद गरिएका सामान आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस