तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले नगरको मुख्य बजार क्षेत्रमा पैदलयात्रीको सुरक्षालाई मध्यनजर गर्दै आकाशे पुल (स्काइ वाक) निर्माण गर्ने भएको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै उपमेयर स्यानी चौधरीले मुख्य बजार क्षेत्रमा हुने सडक दुर्घटना न्यूनीकरण तथा पैदलयात्रीको आवागमनलाई सुरक्षित बनाउन आकाशे पुल निर्माणको योजना अघि सारिएको जानकारी दिनुभयो।
उहाँका अनुसार आकाशे पुल निर्माणका लागि आगामी आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। बजार क्षेत्रमा तीव्र रूपमा बढिरहेको सवारी चापका कारण पैदलयात्रीलाई सडक पार गर्न कठिनाइ हुँदै आएको भन्दै उपमहानगरपालिकाले सुरक्षित आवागमनका लागि यो योजना ल्याएको हो।
उपमहानगरपालिकाले आकाशे पुल निर्माणपछि सडक दुर्घटना न्यूनीकरण हुनुका साथै बजार क्षेत्रको यातायात व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेको छ।
तस्बिर : Ai

















