२०८३ साउन १० गते आइतवार

दाङमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना गम्भिर घाइते


दाङ । दाङमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा परी मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–१२ का २८ वर्षीय भुवन केसी र बबई गाउँपालिका–७ का २४ वर्षीय रोशन बस्नेत गम्भिर घाइते भएका छन् ।

केसीको टाउको, अनुहार तथा दुवै हातखुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको भने बस्नेतको छाती, टाउको तथा दुवै हातखुट्टामा गम्भिर चोट लागेको छ । सोमबार बिहान करिब ११ बजे तुलसीपुर उपमहानगरपालिका–६ स्थित स्टार बोर्डिङ चोक नजिक तुलसीपुरबाट एयरपोर्टतर्फ जाँदै गरेको रा ४ प १०४८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा ७ प ९९१९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।

दुवैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गरिएको थियो । उपचारका क्रममा भुवनको अवस्था गम्भिर भएपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस