२०८३ साउन १० गते आइतवार

रुकुमपूर्वमा जीप दुर्घटना हुँदा ५ जना घाइते


दाङ ।
रुकुमपूर्वको सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेमा जीप दुर्घटना हुँदा एक शिशुसहित पाँच जना घाइते भएका छन् । हिजो बेलुका भएको दुर्घटनामा चालकसहित ५ जना घाइते भएका छन् भने अन्य ६ जना सकुशल रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

घाइते हुनेमा सिस्ने गाउँपालिका–४ धादिङकी रोशनी बुढामगर, उहाँको ६ महिनाका छोरा सर्लास बुढामगर, रमिता घर्ती, धनकुमारी घर्ती तथा चालक खिम्मान खड्का रहेको रुकुम प्रहरीले जनाएको छ । रुकुमकोटबाट धादिङका लागि छुटेको लु १ ज २४७० नम्बरको जीप सडकबाट झण्डै ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको जिल्ला अस्पताल रुकुमपूर्वमा उपचार भइरहेको छ भने गम्भीर घाइते धनकुमारी र सर्लासलाई थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस