दाङ। रेडियो हाम्रो पहुँचले रेडियो श्रोता क्लब गठन गरेको छ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित रेडियो हाम्रो पहुँचले महिलाहरुको क्षमता विकास गर्न, सक्षम र आत्मनिर्भर बनाउनका लागि रेडियो श्रोता क्लब गठन गरिएको स्टेसन म्यानेजर बसन्त पौडेलले जानकारी दिनुभयो ।
बुधबार तुलसीपुर– ७ घुसरीमा भएको कार्यक्रममा लालमटिया, लालिगुँरास र सफल सहकारी समूहका महिलाहरूको सहभागितामा छलफल गरी २७ सदस्यीय महिला रेडियो श्रोता क्लब गठन गरेको हो ।
रेडियोका कार्यक्रमलाई समुदायस्तरसम्म प्रभावकारी रूपमा पुर्याउने, महिला सहभागिता अभिवृद्धि गर्ने तथा स्थानीय मुद्दा र आवाजलाई रेडियोमार्फत उजागर गर्न, समुहलाई आवश्यक पर्ने तालिम, महिलाहरुको आवश्कता अनुसार रेडियो कार्यक्रम उत्पादनका लागि क्लब गठन गरिएको स्टेसन म्यानेजर पौडेलले बताउनुभयो ।

यसैगरी घुसरी महिला रेडियो श्रोता क्लबको अध्यक्षमा टिका कुमारी पौडेल, उपाध्यक्षमा ममता पोख्रेल, सचिवमा सिता बुढा र कोषाध्यक्षमा कोपीला खत्री चयन हुनु भएको छ ।
सदस्यहरुमा देवि भुषाल, कमला पौडेल, शिला पोख्रेल, मिना भुषाल, कमला ओली, दिना चनारा, बालिका पोख्रेल, कमला भुषाल, सिता भट्टराई, दोमन्ता पोख्रेल, माइती चौधरी, गिता अधिकारी र जयकुमारी पुन रहनु भएको छ ।
यस्तै तुलसा खत्री, ममिता पुन, देबि चौधरी, रिता खत्री, मिना चौधरी, लुमा चौधरी, चौसुरा रोका, सुशिला चौधरी, पिवँला बिष्ट र बिष्णी केसी बिष्ट रहनु भएको छ ।



















