२०८३ साउन ६ गते बुधवार

दुई सय २३ हिंसापीडितले पाए एकीकृत सेवा


दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको अस्पतालमा आधारित लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) ले बितेको एक वर्षमा दुई सय २३ जना हिंसा प्रभावितहरुलाई सेवा उपलव्ध गराएको छ ।

ओसिएमसीले चालु आर्थिक वर्ष २०८२/८३ मा प्रवाह गरेको सेवाको वार्षिक समीक्षा कार्यक्रममा हिंसा प्रभावित २ सय २३ जनालाई उपचार, मनोसामाजिक सेवा, कानुनीलगायत एकीकृत सेवा प्रदान गरिएको जानकारी दिइएको हो । जसमा २ सय २१ महिला र २ पुरुषलाई सेवा दिइएको ओसिएमसी फोकल पर्सन मीना डिसीले जानकारी दिनुभयो ।

ओसिएमसीले एक वर्षमा बलात्कारमा परेका ५७ जना, यौन दुर्व्यवहारमा परेका २१ जना, शारीरिक दुर्व्यवहारमा परेका ८९ जना, मानसिक दुर्व्यवहारमा परेका ३७ जना र अन्य १९ जनालाई सेवा दिइएको जनाएको छ ।

फोकल पर्सन डिसीले २ सय २३ मध्ये १ सय ५४ जनालाई शारीरिक परीक्षण सेवा, ४६ जनालाई विधि विज्ञान तथा चिकित्सकजन्य कानुनी परीक्षण सेवा, ८० जनालाई एचआइभी सम्बन्धी परामर्श सेवा, ७० जनालाई गर्भपतन सेवा, ८१ जनालाई घाउ चोट उपचार सेवा, ४० जनालाई आकस्मिक गर्भनिरोधक सेवा, १४ जनालाई यौन रोग उपचार सेवा, ६ जनालाई सुरक्षित गर्भपतन सेवा, ३६ जनालाई मानसिक उपचार सेवा, २ सय १७ जनालाई मनोसामाजिक परामर्श सेवा र १८ जनालाई अन्य एकीकृत सेवा प्रदान गरिएको जानकारी दिनुभयो ।

सेवा लिनेमा दलित ५१ जना, जनजाति ९६ जना, बाहुन/क्षेत्री ६० जना, मधेसी ६ जना, मुस्लिम २ जना र अन्य ६ जना छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस