२०८३ साउन ६ गते बुधवार

सुर्यमूखी मन्दिर महिला रेडियो स्रोता क्लब गठन


दाङ । रेडियो हाम्रो पहुँचले रेडियो स्रोता क्लब गठनलाई तिब्रता दिएको छ । रेडियोले बिहिबार तुलसीपुुर–१९ बिजौरीमा १८ सदस्यीय सूर्यमूखी मन्दिर महिला रेडियो स्रोता क्लब गठन गरेको हो ।

क्लबको अध्यक्षमा दिलकुमारी चौधरी, उपाध्यक्षमा मिना चौधरी, सचिवमा बिना चौधरी, कोषाध्यक्षमा कान्छी चौधरी चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा गिता चौधरी, सुन्तली चौधरी, माया चौधरी, नन्दी चौधरी, बुट्या चौधरी, जगमानी चौधरी, अस्तुन्या चौधरी, गिता चौधरी रहनुभएको छ । यस्तै मंगली चौधरी, सीता चौधरी, शर्मीला चौधरी, अनिता चौधरी, डिला कुमारी चौधरी, र अनकल्या चौधरी चयन हुनुभएको छ ।

स्टेशन म्यानेजर बसन्त पौडेलले स्थानीयस्तरका मुद्दा, समस्या, कला–संस्कृति र आवाजहरूलाई रेडियोसम्म पुर्‍याउन क्लबका सदस्यहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । रेडियोलाई समुदायसँग प्रत्यक्ष रूपमा जोड्नका लागि स्रोता क्लब गठन अभियानलाई तिब्रता दिएको उहाँले बताउनुभयो । उहाँका अनुसार यसअघि पनि तुलसीपुरका विभिन्न वडामा रेडियो स्रोता क्लब गठन गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस