२०८३ साउन २३ गते शनिवार

तुलसीपुरबाट रोल्पा जाँदै गरेको जिप त्रिवेणीमा दुर्घटना

तुलसीपुर । दाङको तुलसीपुरबाट रोल्पाको दुम्लातर्फ जाँदै गरेको जिप रोल्पाको त्रिवेणी गाउँपालिकामा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

आज (शुक्रबार) अपरान्ह करिब ४ बजेको समयमा त्रिवेणी गाउँपालिका–६ खारखोलास्थित उकालो सडकमा ग १ ज ४४९४ नम्बरको डबल क्याप जिप ब्याक भई सडकबाट करिब १० मिटर तल मकैबारीमा खसेको प्रहरीले जनाएको छ ।

जिप तुलसीपुर उपमहानगरपालिका–१० का करिब २५ वर्षीय अर्जुन खत्रीले चलाउनुभएको थियो । प्रहरी चौकी जुगारका अनुसार जिपमा चालकसहित ५ जना सवार रहेकोमा २ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा रोल्पाको माडी गाउँपालिका–१ बस्ने १८ वर्षीया लक्ष्मी वली र दाङको तुलसीपुर उपमहानगरपालिका–१७ बस्ने २२ वर्षीया विष्णु वली रहनुभएको छ ।

घाइते दुवै जनाको अवस्था मध्यम रहेको र उनीहरूलाई उपचारका लागि दाङस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याएर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस