२०८३ साउन २९ गते शुक्रवार

तुलसीपुरमा कुलोमा बगेर तीन बर्षीय बालकको मृत्यु

दाङ । तुलसीपुरमा कुलोमा बगेर तीन बर्षीय बालकको मृत्यु भएको छ । सल्यान घर भइ तुलसीपुरको अटो भिलेज नजिकै आमा संगै डेरा गरि बस्ने बालक बिहीबार बेलुकी ५ बजेतिर स्थानीय कुलोमा बगेका थिए ।

३ बर्षीय सुशिल बिक तुलसीपुर उपमहानगरपालिका– ६ गौलौरास्थित नालामा अचेत अवस्थामा फेला परेपछि प्रहरीले उद्धार गरि अस्पताल पुर्‍याएको थियो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका अनुसार बेलुकी पौने ६ बजेतिर चेकजाँच पछि चिकित्सकले बालकलाई मृत घोषणा गरेका हुन् ।

आमा कमला बिक र छोरा अटो भिलेज नकिजै भाडामा बस्दै आएको भन्ने खुलेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस