२०८३ भाद्र १२ गते शुक्रवार

बाढी अपडेट : दाङका थप एक जना सम्पर्कबिहिन


दाङ । बुधबारको बिनाशकारी बाढीपछि हराउने दाङका नागरिकको संख्या बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालयको शुक्रबार बिहान साढे ७ बजेसम्मको विवरण अनुसार रसुवा स्थित त्रिशुली हाइड्रोपावरमा कार्यरत लमही नगरपालिका–४ निवासी २८ वर्षीय सरद कुमार चौधरी पनि सम्पर्कबिहिन हुनुभएको छ । उहाँसहित बाढीपछि हराउने दाङका नागरिकको संख्या अहिले ३० जना रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार उद्धार कार्य जारी रहे पनि उनीहरूको स्थिति अझै अज्ञात छ । प्रशासनले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक तथ्याङ्क अनुसार कुल ३५ जना सम्पर्कविहीन भएका थिए । जसमध्ये हालसम्म ५ जना पुरुष मात्र सम्पर्कमा आएका छन् भने बाँकी ३० जनाको खोज तथा उद्धार हुन बाँकी छ ।

बेपत्ता व्यक्तिहरूको स्थिति ज्ञात हुनासाथ थप अपडेट गराइने प्रशासनले जनाएको छ । साथै, धैर्यधारण गरी नियमित अपडेटमा रहन र कुनै जानकारी प्राप्त भएमा तुरुन्त प्रशासनमा खबर गरिदिन परिवारजन, आफन्त तथा शुभचिन्तकहरूमा हार्दिक अनुरोध गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस