२०८३ भाद्र २० गते शनिवार

प्राइमफेस इन्जीनियरिङको बाढी प्रभावितलाई ५१ हजार बढि सहयोग


दाङ। तुलसीपुरमा रहेको प्राइमफेस इन्जीनियरिङ कन्सलटेन्सीले बाढी प्रभावितका लागि आर्थिक सहयोग गरेको छ । विपदको समयमा समस्यामा परेका नागरिकलाई थोरै भएपनि सहयोग होस भन्ने उद्देश्यले कन्सलटेन्सीको तर्फबाट ५१ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको वास्तुविज्ञ तथा इन्जीनियर बिक्रमबाबु केसीले जानकारी दिनुभयो ।

विपत्तिको समयमा सहयोग गर्नु मानवीय दायित्व भएको उहाँले बताउनुभयो । भोटेकोशी बाढीले पुर्‍याएको क्षतिबाट प्रभावित परिवारको पीडामा साथ दिन विभिन्न क्षेत्रबाट सहयोगको आवश्यकता रहेको भन्दै उहाले सक्ने जतिले आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्नुभयो ।

साथै बाढीमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस