२०८३ कार्तिक ६ गते शुक्रवार

तुलसीपुर सहकारी संस्थाको ४४ औं सधारणसभा सम्पन्न


दाङ । तुलसीपुर सहकारी संस्था लिमिटेडले आफ्‌नो ४४ औं वार्षिक सधारणसभा तथा अधिवेशन गरेको छ ।

संस्थाले मंगलबार एक कार्यक्रमको आयोजना गरी तुलसीपुरमा ४४ औं वार्षिक सधारणसभा तथा अधिवेशन गरेको हो ।

संस्थाका अध्यक्ष मदनराज धितालको अध्यक्षतामा तथा पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यता एवम् शेषमणि लामिछाने र तीर्थराज न्यौपानकोे विशिष्ट आतिथ्यतामा सधारणसभा भएको हो ।

यसैबिच अधिवेसनबाट तिर्थराज न्यौपानेको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा गिरधारी पौडेल, सचिवमा हेमराज लामिछाने, कोषाध्यक्षमा निमकान्त उपाध्याय चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरूमा कमल आचार्य, तेज प्रसाद खनाल, गोमा लामिछाने, मनकली ओली र भिमा कुमारी ओली चयन हुनुभएको छ ।

यस्तै लेखा सुरिवेक्षण समिति संयोजकमा नारायण वौडेल र सदस्यमा मदन कुमार श्रेष्ठ चयन हुनुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस