२०८३ मङ्सिर ६ गते आइतवार

बालविवाहको उमेर १८ वर्ष कायम गर्न माग

दाङ । बालविवाहको उमेर १८ वर्ष कायम गर्न माग गरिएको छ । मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको प्रस्तावित विधेयकमा विवाहको उमेर १८ वर्ष कायम गर्न र बालविवाहलाई पुनः परिभाषित गर्न सुझाव दिइएको हो ।

संविधानको मर्मअनुरूप कानुन निर्माण गर्न विवाहको उमेरसम्बन्धी व्यवस्था स्पष्ट बनाउनुपर्नेमा सरोकारवालाको जोड छ । संविधानको धारा ३९ (५) ले बालबालिकाको हक सुरक्षित गरेको छ । तर मुलुकी अपराध संहिता र बालबालिकासम्बन्धी ऐनका केही व्यवस्था संविधानले सुनिश्चित गरेको बालअधिकारसँग बाझिएको मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले बताउनुभयो ।

मन्त्रालयले प्रस्ताव गरेको मुलुकी अपराध संहिता संशोधन विधेयकको दफा १७३ मा २० वर्ष नपुगी विवाह गर्न नपाइने व्यवस्था गरिएको छ । तर उपदफा २ (क) मा १८ वर्षभन्दा कम उमेरमा विवाह गरे वा गराएमा मात्र सजाय हुने व्यवस्था राखिएको छ । यसले विवाहको उमेर १८ वर्षभन्दा माथि रहेको अर्थ लाग्ने भएकाले कानुनी व्यवस्थामा स्पष्टता आवश्यक रहेको अधिवक्ता श्रेष्ठले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस