२०८३ जेष्ठ १९ गते मङ्गलवार

सल्यानमा आठ थान बन्दुक बरामद


सल्यान । सल्यानमा आठ थान भरुवा बन्दुक बरामद गरिएको छ । बन्गाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्धगुफा सामुदायिक वनबाट तीन, बस्नेउरा सामुदायिक वनबाट तीन र त्रिवेणी गाउँपालिका–५ डाँडासल्ले सामुदायिक वनबाट दुई गरी प्रहरीले आठ थान भरुवा बन्दुक बरामद गरेको सल्यान प्रहरीले जनाएको छ ।

बन्दुक वन्यजन्तु चोरीसिकारी गर्नका लागि लुकाएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले बताउनुभयो ।

बरामद गरिएको भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालयमा राखिएको उहाँले जानकारी दिनुभयो । एक हप्ताको अवधिमा आठ थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस