रोल्पा । रोल्पामा पहिरोले घर पुरीदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार थप एक जनाको शब फेला परेको छ । बिहिबार बिहान हिलोमा पुरिएको अवस्थामा ७१ वर्षिय मनरखी पुनमगरको शब फेला परेको हो ।
यसअघि ६० वर्षीय कमलबहादुर पुनमगर र १८ वर्षीया शान्ति पुनमगरलाई मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी पञ्चकुमार बाखुले जानकारी दिनुभयो । यससंगै मृत्यु हुनेको संख्या तीन पुगेको हो ।
पहिरोमा पुरीएर ९ जना वेपत्ता भएका छन् । थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले ६ घर तथा गोठ पुरिएका हुन् ।
यस्तै घटनामा परी २ जना गम्भिर घाइते भएका छन् । स्थानीयको सहयोगमा २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय संजय घर्तीमगरलाई घाइते अवस्थामा उद्धार गरिएको थियो ।
बुधबार राति करिब पौने ९ बजे पहिरो खस्दा स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरिएका छन् ।
पहिरोमा बेपत्ता भएका मानिसहरुको नामावली :
१) कमल पुन मगर को छोरी बर्ष ४० की जुन कुमारी पुन मगर
२)बर्ष ९ को अशिम पुन मगर
३) बर्ष ६ को अशोक पुन मगर
४) बर्ष ७५ को डल बहादुर पुन मगर
५) बर्ष ८० को अजम्बर पुन मगर
६) बर्ष ७८ को बल बहादुर पुन मगर
७) बर्ष ७२ को लिल बहादुर पुन मगर
८) बर्ष ७१ कि मनि पुन मगर
९) बर्ष ६७ कि हस्तकला रोका मगर






















