२०८३ जेष्ठ २२ गते शुक्रवार

दाङमा फरार रहेका ५ प्रतिवादी पक्राउ


दाङ, २२ जेठ । दाङ प्रहरीले फरार रहेका ५ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीका अनुसार विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका ५ जनामाथि विभिन्न मुद्दामा अदालतले कुल २६ लाख ४ हजार रुपैयाँ जरिवाना तथा २ वर्ष २ महिनाको कैद सजाय तोकेको थियो ।

जिल्ला प्रहरी कार्यालय दाङले फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिने जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस