दाङ । तुलसीपुर उपमहानगरपालिकाले सहकारी तथा गरिवी सम्बन्धि व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा आवद्ध नभएका र निष्क्रिय ५८ सहकारीको नाम सार्वजनिक गरेको छ ।
उपमहानगरपालिकाले सार्वजनिक गरेको विवरण अनुसार ५ वटा सहकारी बन्द छन् । सार्वजनिक विवरण अनुसार वडा नम्बर ५ मा रहेको पेवा वचत तथा ऋण सहकारी संस्था, शिवशिखर वचत तथा ऋण सहकारी संस्था र स्वजन बहुउद्देश्यीय सहकारी संस्था बन्द छन् ।
यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको जनता वचत तथा ऋण सहकारी संस्था र वडा नम्बर १२ मा रहेको जनचासो वचत तथा ऋण सहकारी संस्था पनि बन्द भएका छन् । कार्यालय बन्द भएपछि पाँच वटा सहकारीका वचतकर्ता समस्यामा परेका छन् ।
तुलसीपुर उपमहानगरपालिकाका सहकारी प्रवद्र्धन शाखा प्रमुख ललित बहादुर घर्तीले बन्द पाँच सहकारीमध्ये तीन सहकारीका संचालक सदस्य फरार छन् । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, स्वजन बहुउद्देश्यीय सहकारी संस्था र जनता वचत तथा ऋण सहकारी संस्थाका संचालक सदस्य फरार रहेका छन् ।
उहाँका अुनसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको जनचासो वचत तथा ऋण सहकारी र वडा नम्बर ५ मा रहेको पेवा वचत तथा ऋण सहकारी संस्थाविरुद्ध वचत फिर्ताको उजुरी परेको छ ।
सार्वजनिक विवरण अनुसार बन्द भएका पाँचसहित ३७ वटा सहकारी निष्क्रिय भएका छन् । सहकारी विभागले २०८१ असार १५ गते जारी गरेको सूचना अनुसार सहकारी तथा गरिवी सम्बन्धि व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा अनिवार्य आवद्ध हुनुपर्ने उल्लेख छ । तर तुलसीपुरका ५८ सहकारी अहिलेसम्म कोपोमिसमा आवद्ध नभएपछि उपमहानगरपालिकाले विवरण सार्वजनिक गरेको हो ।
उपमहानगरपालिकाको तथ्यांक अनुसार नगरमा १८१ सहकारी दर्ता छन् । तर नगरमा दर्ता भएका ५८ सहकारी कोपोमिसमा आवद्ध नभएको सहकारी प्रवद्र्धन शाखा प्रमुख घर्तीले बताउनुभयो ।
आगामी असार १५ गतेभित्र कोपोमिसमा आवद्ध नभए कानुन अनुसार आवश्यक प्रक्रिया अगाडी बढाउने उहाँले बताउनुभयो ।
सहकारीको विवरण :






















